कोराना आशंकामा रहेका व्यक्तिको मोबाइल विराटनगरमा देखायो,बीपी प्रतिष्ठान जान आग्रह(अपडेट)

कोराना आशंकामा रहेका व्यक्तिको मोबाइल विराटनगरमा देखायो,बीपी प्रतिष्ठान जान आग्रह(अपडेट)

कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र‍्याकिङ गर्दा विराटनगरमा फेला परेको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।

उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको छ। डा. राजभण्डारीका अनुसार ती बिरामीलाई प्रतिष्ठानको आइसोलेसन वार्ड राख्‍ने व्यवस्था मिलाइएको छ।

अस्पतालमा बुधबार नै कोरियायूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए।

बिहीबार विहान ती ब्यक्ति कसैलाई जानकारी नदिइ अस्पतालबाट सम्पर्कबिहिन भएका थिए । अस्पतालका प्रबक्ता डाक्टर अनुप बस्तोलाले ती ब्यक्तिलाई सामान्य घाटीमा समस्या भएको र कोरोनाको डर मनमा अत्याधिक भएकाले पछिल्ला केही दिनयता निरन्तर अस्पताल धाइरहेकाे जानकारी दिए ।

उनी बुधबार साँझ अस्पताल आएकाे र राति अस्पतालमै बसेर बिहान एक्कासि सम्पर्कबिहिन हुन पुगेका थिए । उनलाइ कोरोनाको लक्षण नभएकाे र अस्पतालको सम्पर्कमा निरन्तर रहेको डाक्टर बास्तोलाले बताए ।

-कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्