मोरङमा पनि होली नखेल्न सर्वसाधारणलाई प्रशासनको अनुरोध

मोरङमा पनि होली नखेल्न सर्वसाधारणलाई प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ ।

कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक्रममा नजान सर्वसाधारणलाई जानकारी गराएको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलद्वारा जारी सूचनामा विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना भाइरसको संक्रमणको उच्च जोखिम क्षेत्रमा राखेकाले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्