कोरोनाका भाईरसका कारण मोरङमा पनि होली नखेल्न आग्रह, आयो यस्तो विज्ञप्ती

<span class='c1'>कोरोनाका भाईरसका कारण मोरङमा पनि होली</span> <span class='c2'>नखेल्न आग्रह, आयो यस्तो विज्ञप्ती</span>

विराटनगर । कोरोना भाइरसको चौतर्फी हल्लासँगै जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाबई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक्रममा नजान सर्वसाधारणलाई जानकारी गराएको छ ।


प्रमुख जिल्ला अधिकारी मदन भुजेलद्वारा जारी सूचनामा विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना भाइरसको संक्रमणको उच्च जोखिम क्षेत्रमा राखेकाले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलद्वारा जारी सूचना

 


यसैबीच प्रदेश सरकारले कोरोना संक्रमणको विषयमा सतर्कता अपनाउन र पूर्वतयारी स्वरूप विभिन्न ६ वटा अस्पताल २८ वडा बेड तयार गरिएको जनाएको छ । प्रदेश सरकारले कोशी अस्पताल, बीपी प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेजमा आईसीयूसहित र विराट मेडिकल कलेजमा बेड तयार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्