टेकु अस्पतालमा क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेर उनको मोबाइल विराटनगरमा ट्राक गरिएको छ ।
तर उनी कोरोना संक्रमित होइनन् भनि अस्पतालका डा. अनुप बास्तोलाकाले बताएका छन् । अस्पतालका डा. अनुप बास्तोलाका अनुसार हालै मात्र दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंगलबार अस्पताल आएक थिए । "उनलाई कोरोनाको कुनै लक्षण देखिएको छैन" बास्तोलाले बताए ।
बिहीबार विहानै उनी अस्पतालबाट सुटुक्क हिँडेको पाइएको थियो । उनी घर जान लागेको पाइएको छ र अस्पतालको सम्पर्कमा आएका छन् ।