विराटनगर फाल्गुन २२ । विराटनगरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ‘इनोभेटिभ लेडि रोड रन २०२०’ हुने भएको छ । लियो क्बल अफ विराटनगर ईनोभेटिभ र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले विस्तार गरेको शाखा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा आइतबार उक्त प्रतियोगिता हुने भएको हो ।
अस्पतालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको इनोभेटिभ लेडि रोड रन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको जानकारी गराएको छ । प्रतियोगितामा २ सय ५० भन्दा बढी महिलाहरूले भाग लिने कार्यक्रम संयोजक अंकिता कट्टेलले जानकारी दिइन् । दौड प्रतियोगिता सकिएपछि सचेतना मुलक कार्यक्रम हुने बताइएको छ । प्रतियोगिताको प्रथमले नगद ५ हजार रुपैयाँको साथै १० लाखको जीवन विमा हुनेछ । यस्तै द्धितीय हुनेले ३ हजार रुपैयाँ र २ लाख ५० हजारको विमा हुनेछ । तृतीय हुनेले २ हजार ५ सय रुपैयाँ रहेको छ । दोस्रो चरणमा मदर एण्ड चाइल्ड हस्पिटलका बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुभद्रा अग्रवालले महिलाहरूको स्वास्थ्य सम्बन्धी सचेतामुलक कार्यक्रम गरिने भएको छ ।
यस्तै न्यूरो हस्पिटलका वरिष्ठ विशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतीले कोरोना भाइरस सम्बन्धी सचेतामुलक कार्यक्रम गर्ने बताइएको छ । मदर एण्ड चाइल्ड हस्पिटलमा स्त्री तथा प्रसूती सेवा सम्बन्धी हरेक शुक्रबार निःशुल्क स्वास्थ्य परीक्षण र ल्याबमा २५ प्रतिशत छुट रहेको अस्पतालले जनाएको छ।