नेकपा विराटनगरका ६ वडाका पदाधिकारीको सपथ ग्रहण सम्पन्न

नेकपा विराटनगरका ६ वडाका पदाधिकारीको सपथ ग्रहण सम्पन्न

विराटनगर । नेकपा विराटनगर महानगरपालिकाको ६ वडाका कार्यसमिति सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
नेकपा विराटनगर महानगर कमिटि विराटनगरले रानी युवा क्बलमा बिहीबार एक कार्यक्रम आयोजना गरि निर्वाचन मोरङ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतको विराटनगर १३, १४, १५, १६, १७ र १८ वडाका कार्यसमितिहरूले सपथ ग्रहण गरेका हुन् ।

समितिका पदाधिकारीहरूलाई नेकपाका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाको इन्र्चाज शिवकुमार मण्डलले वडाका पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा नेकपा विराटनगर महानगर कमिटको अध्यक्ष सागर थापा, सचिब हेम कार्की, सदस्य नमिता न्यौपानेलगायतको नेताहरूको सहभागिता रहेको थियो ।

नेकपा विराटनगर १३ नम्बर वडाको अध्यक्षमा राज कर्ण, सचिबमा दिपक खड्का सहित ४७ सदस्य रहेका छन् । यस्तै १४ को अध्यक्षमा बौवा तामाङ्ग, सचिबमा राजकुमार मेहतासहितको ४१ सदस्य कमिटि रहेको छ । यसैगरि १५ को अध्यक्षमा ज्ञानबहादुर राई र सचिबमा हरेराम ठाकुरसहित ४७ सदस्य रहेको छ । १६ वडाको अध्यक्षमा विक्रम माझी र सचिबमा अनिल सुब्बासहित ४५ जनाको सदस्य रहेको छ । यस्तै १७ को अध्यक्षमा समिम मिया गोरे र सचिबमा हमिम आजाजसहित ३८ र १८ को अध्यक्षमा अबिनास मण्डल र सचिबमा पर्शुराम ठाकुरसहित ४३ जनाको समिति रहेको नेकपा विराटनगर महानगर कमिटिको अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।

१४ को इन्जार्चमा सुर्य नारयण महतो सह–इन्चार्जमा सुनिता श्रेष्ठ रहनुभएको छ । १५ को इन्र्चाजमा मनोज खड्का र सह–इन्र्चाजमा प्रदिप साही, विरेन्द्र धाडेवाल रहनुभएको छ । यस्तै १६ को इन्चार्जमा प्रलात बस्नेत र सहइन्र्चाज रन्जिब मण्डल रहनुभएको छ । १७ को इन्चार्जमा पुजन निरौला र सह–इन्चार्ज भक्त श्रेष्ठ, सिकन्दर आलम, समिम मिया रहनुभएको छ । १८ को इन्चार्ज भुवनेश्वर यादव र सहइन्चार्जमा लिलानन्द मण्डल रहनुभएको छ ।
शुक्रबार मोरङ क्षेत्रन नम्बर ४ अतन्र्गतका १,२, ३, ८, १० र १९ को सपथ ग्रहण तीनपैनीमा रहेको अध्यक्ष थापाले बताउनुभयो । ६ निर्वाचन क्षेत्रको ७ वटा वडाको पान्चालीमा पार्टी कार्यालयमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्