एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप : नेपालले आज सिंगापुरको सामना गर्दै

एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप : नेपालले आज सिंगापुरको सामना गर्दै

एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ ।थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान सवा ८ बजे सुरु हुनेछ ।

नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।सिंगापुर भने शीर्ष दुई स्थान पक्का गर्दै एसिया कप छनोटमा पुगिसकेको छ ।

अन्तिम खेलमा आज नेपाललाई हराउँदे सिंगापुर समुहका सबै खेलमा अपराजित रहन चाहन्छ ।३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्