नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द , वर्षा बाधक

नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द , वर्षा बाधक

एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ ।

थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ ।प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ ।

हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ ।नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्