क्रिकेटर दम्पती :अस्ट्रेलियाका मिसेल श्रीमतीको विश्वकप फाइनल हेर्न भ्रमण छाडेर स्वदेश फिर्ता

क्रिकेटर दम्पती :अस्ट्रेलियाका मिसेल श्रीमतीको विश्वकप फाइनल हेर्न भ्रमण छाडेर स्वदेश फिर्ता

एजेन्सी
काठमाडौं, फागुन २३ गते । अष्ट्रेलियाका तिब्र गतिका बलर मिसेल स्टार्कले श्रीमतिले विमन्स विश्वकप क्रिकेटको फाइनल खेलेको हेर्न दक्षिण अफ्रिका भ्रमणको बीचमै स्वदेश फर्किनुभएको छ । स्टार्ककी श्रीमति अलिसा हैली विमन्स विश्वकप क्रिकेट खेल्ने अष्ट्रेलियाली टोलीको सदस्य हुनुहुन्छ ।

अष्ट्रेलिया क्रिकेट टोली तीन म्याचको एकदिवसीय श्रृखंला खेल्न दक्षिण अफ्रिका भ्रमणमा छन् । अष्ट्रेलियाले शनिबार तेस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेल्दैछ । आइतबार अष्ट्रेलियाले विश्वकप क्रिकेटको फाइनलमा भारतको सामना गर्दैछ । दक्षिण अफ्रिका भ्रमणमा रहनुभएका मिसेल स्टार्कले खेल हेर्न टोली व्यवस्थापनसँग अनुमति माग्नुभएको थियो ।

अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लैंगरले भन्नुभयो, “मिसेलका लागि जिवनमा बिरलै पाउने अवसर आएको छ, हामीले अनुमति दिएका छौं ।” स्टार्क अष्ट्रेलिया प्रमुख बलर हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्