भारतमा इन्डियन प्रिमियर लिग निर्धारित समयमै हुने

भारतमा इन्डियन प्रिमियर लिग निर्धारित समयमै हुने

एजेन्सी
काठमाडौं, फागुन २३ गते । कोभिड–१९ (नोभल कोरोना भाइरस) ले अन्तर्राष्ट्रिय खेलकूद गतिविधि नराम्ररी प्रभावित भइरहँदा भारतमा इन्डियन प्रिमियर लिग निर्धारित समयमै हुने बताइएको छ । आईपीएल मार्च २९ देखि सुरु हुने निर्धारण गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)का अध्यक्ष सौरभ गांगुली अनपाउनुपर्ने जम्मै सतर्कता अपनाएर प्रिमियर लिग निर्धारित समयमै गर्ने तयारी भइरहेको प्रष्ट्याउनुभएको हो । अध्यक्ष गांगुलीले भन्नुभयो, “छलफल जारी छ, हामी सुरक्षाका प्रत्येक उपाय अपनाउने छौं ।”
कोरोना भाइरसको संक्रमणले विश्वभरि नै खेलकूदका गतिविधिहरु प्रभावित हुँदै आएको छ । श्वासप्रश्वासबाट सर्ने हुनाले क्रिकेट र फुटबल जस्ता खेलको अन्तर्राष्ट्रिय स्पर्धामा हजारौं दर्शक रङ्गशाला पुग्ने हुँदा संक्रमण फैल्ने जोखिम तिब्र हुन्छ । इटालीमा फैलिएको संक्रमणले सेरी ए, एफ ए कप र सिक्स नेशन्स कप जस्ता प्रमुख खेलकूद गतिविधि स्थगित भइसकेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमितको संख्या ३० छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण फैल्ने क्रम विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको चीनमा पछिल्ला दिनमा केही स्थिर देखिएको छ । विश्वको दोस्रो सबैभन्दा बढी जनसंख्या रहेको भारतमा संक्रमण फेला परेपछि विश्वको नजर भारतमा रहँदा खेलकूदको गतिविधिबारे उसले गर्ने निर्णयले महत्वपूर्ण हुनेछ ।

बीसीसीआईका एक उच्च अधिकारीले भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको सावधानीका उपाय समेटिएको मार्गचित्र प्रत्येक फ्रेञ्चाइज, खेलाडी, विमान कम्पनी, टोली बस्ने होटेल, प्रसारण अधिकार पाएको कम्पनीसहित सबै सम्बन्धित निकायमा पठाइने जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्