विराटनगरको सीमा क्षेत्र रानीबोर्डरमा कोराना भाइरस रोगको प्ररिक्षण सुरु

विराटनगरको सीमा क्षेत्र रानीबोर्डरमा कोराना भाइरस रोगको प्ररिक्षण सुरु

विराटनगर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा यसबाट बच्नको लागी विराटनगरको सीमा क्षेत्रमा हेल्प डेक्सको माध्यमबाट सचेतना अगाडी बढाउन सुरु गरिएको छ ।
विराटनगर १७ स्थित रानी भन्सार छेउमा कोरोना भाइरस संक्रमणबाट सचेत गराउनका लागि सहायता केन्द्र (हेल्प डेक्स) को माध्यमबाट भारतबाट आउने यात्रुहरुलाई कोरोना भाइरसको प्ररिक्षण सुरु गरिएको छ ।

विराटनगर महानगरपालिकाको सहयोगमा संचालन भएको सहयाता केन्द्रमा भारतबाट आउने सम्पूर्ण व्यक्तिहरुको चेकजाँच गर्ने गरेको श्रेष्ठले बताउनुभयो ।
सहायता केन्द्रमा महानगरपालिकाले ज्वरो नाप्ने यन्त्र ( माइक्रो लाईफ) साथै रोगका लागि आवश्यक पर्ने पारासिटामोल र टिनिडाजोल औषधीको व्यवस्था गरिएको छ । कोरोनाको मुख्य लक्षण १००.४ डिग्री ज्वरो आउनु र छाती भारी हुनु मुख्य लक्षण रहेको श्रेष्ठले बताउनुभयो ।
दैनिक एक सय देखि डेढ सय सम्मलाई दैनिकी परिक्षण गर्नुका साथै कोरोना भाइरस सम्बन्धी जानकारी गराउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्