विराटनगर । प्रदेश न १ को सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका बिभिन्न अस्पतालमा २८ शैयाको आइसोलेसन वार्ड तयार गरेको भनेर मिडियाहरुमा समाचार आए ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भोलिको दिनमा यस क्षेत्रमा देखिएमा सोसंग लड्नका लागि प्रदेश सरकार मिडियामा भने जत्तिकै तयार छ त ? हामी प्रकोपका लागि कत्तिको तयार छौं त भनि प्रदेश सरकारले भने अनुसारको विराटनगरको कोशी अञ्चल अस्पताल , विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजमा पुग्यौं ।
तर हामीले स्थलगत रुपमा रिर्पोटिङ गरिरहदा सरकारद्धारा संचालित कोशी अञ्चल अस्पतालमा त झनै कुनै तयारी गरेको छैन । कोशी अञ्चल अस्पतालको अब्र्जरभेसन वार्ड छुटाईएको भए पनि त्यहा भित्र कुनै तयारी नैे थिएन । कोशी अञ्चल अस्पतालमा के कस्तो तयारी गर्दै छ भनि स्वास्थ्यमन्त्रालयबाट खटाइएका फोकल पर्सन डाक्टर डेन आर्चयले भने अहिले हामी आईसोलेसनको बनाउनको लागी तयारी अवस्थामा छौ ।
मोरङको बुढीगँगा गाँउपालीकामा रहेको विराट मेडिकल टिचिङ हस्पिटलमा पनि १२ सैयाको आईसोलेसन वार्ड छुटाइएको छ । हस्पिटलले आफनो डि ब्लकमा कोरोना भाईरसको पुर्व तयारीको लागी छुटै आईसोलेसन वार्ड छुटाएको छ । विराट मेडिकल टिचिङ हस्पिटलका सुधिर सिह राठोरले भने आफूहरको तर्फबाट तयारी अवस्थामा रहेको बताए । १२ वटा आईसोलेसन वार्डका लागी २ जना प्रत्यक्ष निगरानी र लागी डाक्टर र नर्स राखीने राठोरले बताए ।
यसैविच विराटनगरको नोवेल मेडिकल कलेजमा आईसीयु सहितको आइसोलेसन वार्ड तोकीएको छ । तर प्रदेश सरकारको तर्फबाट कोरोनो भाइरस रोकथामका लागी अपनाईने सामाग्री उपलब्ध नगराएको हस्पिटलले जनाएको छ ।
उता धरानस्थित विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १० वटा आईसोलेसनको लागी छुटाइएको भएता पनि डाक्टर र नर्सले प्रयोग गर्ने सामाग्री नभएपछि एक कोरोना भाइरस आशका गरिएका विरामी फरार छन् ।ं
हालसम्म नेपालमा कोरोना भाइरसको कुनै जटिल अवस्था देखिसकेको छैन। तर संसारभर देखिएको यसको फैलावटलाई हेर्दा नेपालमा यो रोग देखिदैन भनेर ढुक्क हुने अवस्था छैन ।
स्वास्थ्यका विज्ञहरु भन्छन् यो रोग फैलन नदिनका लागि लागी पुर्व तयार भइ बस्नु बेस हुन्छ ।