गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई जापानबाट आर्थिक सहयोग प्रदान

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई जापानबाट आर्थिक सहयोग प्रदान

बागलुङ । जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ । गलकोट समाज चितवनका पदाधिकारीमार्फत नगद रु चार लाख पाँच हजार हालै ‘धुर्मुस सुन्तली फाउण्डेशन’लाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार दुई वर्षअघि पनि क्लबले रु एक लाख फाउण्डेशनलाई सहयोग गरेको थियो । क्लबले हरेक नेपाली नयाँ वर्षमा आयोजना गर्ने भलिबल प्रतियोगिता एवं वार्षिकोत्सवबाट बचेको पैसा खेल क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सन् २०१५ मा स्थापना भएको क्लबले जापानमा रहेका नेपाली खेलाडीलाई एकताबद्ध गर्ने र खेल गतिविधिमा क्रियाशील बनाउँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्