कोरोना भाइरसको संक्रमण फैलिएपछि फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित

कोरोना भाइरसको संक्रमण फैलिएपछि फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित

आज रातीका लागि तय गरिएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको हो ।

फ्रान्समा शीर्ष लिगको खेल कोरोना भाइरसका कारण रोकिएको यो पहिलो पटक हो ।

स्थगित भएको खेल फेरि कहिले हुनेछ भन्ने खुलाइएको छैन ।

फ्रान्समा फुटबलसँगै खेलकुद सम्बन्धी अरु गतिविधि पनि प्रभावित भएका छन् ।

कोरोना भाइरसकै कारण पेरिस म्याराथन र पेरिस–नाइस साइक्लिङ्ग पनि स्थगित भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्