मोरङ पथरीशनिश्चरेकी सज्जा चौलागाई नेपाल आइडलको टप ६ मा

मोरङ पथरीशनिश्चरेकी सज्जा चौलागाई नेपाल आइडलको टप ६ मा

विराटनगर फाल्गुन २५ ,

नेपाल आइडल सिजन–३ जारीरहेको छ । टप ६ सम्म पुगेको आइडलको यात्रामा मोरङ पथरीशनिश्चरेकी सज्जा चौलागाई पनि पर्न सफल भएकी छिन् । नेपाल आइडलमा यसअघि पनि मोरंगका  निशान भट्टाराईले तहल्का मच्चाइ सकेका छन् ।

नेपाल आइडल सिजन–३ को टप–६ मा मेघा श्रेष्ठ, सज्जा चौलागाई, मुस्कान रानाभाँट, नेसन पुन मगर, प्रविन बेडवाल र केभिन ग्लान तामाङ पुगेका छन् । गत शृंखलामा सज्जाले गाएको "वारी तुवालो पारि तुवालो" गित सम्पूर्ण निर्णायकले उठेर तारिफ गरेका थिए । यस अघि उनले गाएका "रात धेरै पर्यो धेरै धेरै" , "यो मन त मेरो नेपाली हो","गल्ती" लगायतका गित पनि सबैले मन पराएका थिए ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक छन्  भने होस्टमा माम्पी घोष र आशिफ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्