वीएफएमद्धारा विराटनगरका पत्रकार पौडलको उपचारका लागि २५ हजार सहयोग गर्ने

वीएफएमद्धारा विराटनगरका पत्रकार पौडलको उपचारका लागि २५ हजार सहयोग गर्ने

विराटनगर । वीएफएम विराटनगरले विराटनगरका पत्रकार कमल पौडलको स्वास्थ्य उपचारका लागि २५ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।


एफएमले होलीमिलन कार्यक्रमको खर्च वापतको रकम पत्रकार पौडेलको उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको एफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताउनुभयो । एफएमले एफएमले स्थापनाकाल देखि हरेक वर्ष विराटनगरका विभिन्न सञ्चार माध्यमका पत्रकारसँग होलिमिलन कार्यक्रम गर्दै आएको थियो ।
कार्यक्रम वापतको खर्चमा केही रकम एफएमले थप गरि स्वास्थ्य उपचारमा सहयोग गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक डा.श्रेष्ठले बताउनुभयो । मकालु टिभी विराटनगरका समाचार प्रमुख पौडल व्लड क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँको सिभिल अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ ।
उपचारमा केही सहयोग मिलोस भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको कार्यक्रम निर्देशक निशा खुशीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्