विराटनगरमा भएकोे ‘लेडि रोड रन’मा कोरोना र महिला अधिकारका कुरा

<span class='c1'>विराटनगरमा भएकोे ‘लेडि रोड रन’मा</span> <span class='c2'>कोरोना र महिला अधिकारका कुरा</span>

विराटनगर । लियो क्लब अफ बिराटनगर इनोभेटिभ र न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm आयोजनामा लेडि रोड रन—२०२० भव्यताका साथ सम्पन्न भएको छ । बिराटनगर ९ स्थित मदर एण्ड चाइल्ड अस्पताल बाट सुरु भएको रोड रन सोहि ठाँउमा, लियो क्लब अफ इनोभेटिभका अध्यक्ष युशा भेटवालको अध्यक्षतामा बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

उक्त लेडि रोेड रनको उदघाटन न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल र तुलसा मदर एण्ड चाइल्ड अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डाक्टर बिरेन्द्र कुमार बिष्ट र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्द्र खत्री राजनले संयुक्त रुपमा गर्नुभयो । दौड पछि आयोजित कार्यक्रममा मेयर पराजुलीले मदर एण्ड चाइल्ड अस्पतालले यस किसिमका बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको हुँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आम जनमानसको स्वास्थ्य प्रति निकै सचेत रहेकोमा खुसी व्यक्त गर्नुभयो ।


कार्यक्रमलाई निरन्तरता दिँदै हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले नारी दिवसको महिमा अथवा यथार्थता, कुनै नारी वर्ग विशेष प्रति मात्र लक्षित नभएर प्रगति पथको अभियान रहेको बताउनुभयो । उहाँले राज्यले महिलालाई एकदिने सार्वजनिक विदाको प्रावधान , हप्ते कार्यक्रम वा विभिन्न सेमिनार, गोष्ठीमै सीमित गर्ने परम्पराले महिलाको अधिकार र विभेदरहित समाजको प्रत्याभुति दिनसक्छ वा सक्दैन यो आम महिलाको चासो र बहसको विषय हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै अस्पतालका वरिष्ठ गाइनोक्लोजिष्ट डा. सुभद्रा अग्रावालले पाठेघर क्यान्सर बारे सचेतनात्मक अभिव्यक्तीद्वारा सचेत पार्नुभयो । यता कार्यक्रममा वरिष्ठ विशेषाज्ञ फिजिसियन डा. अग्रज उप्रेतिले कोरोना भाइरस सम्बन्धी सचेतनात्मक अभिव्यक्तीद्वारा सचेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्