नेपाल सोनार समाज सेवा समितिद्धारा रङ्गारङ्ग होली कार्यक्रम

नेपाल सोनार समाज सेवा समितिद्धारा रङ्गारङ्ग होली कार्यक्रम

विराटनगर । नेपाल सोनार समाज समिति विराटनगरद्धारा होली पर्वको अवसरमा होली पर्वको शुभकामना आदानप्रदान गरेको छ ।
कटहरीमा रहेको गोपल फनपार्कमा आयोजित कार्यक्रममा सिरहा, सप्तरी, सुनसरी र मोरङका सोनार समुदाय लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो ।


गत बर्षदेखी मनाउदै आएको रङ्गारङ्ग होली कार्यक्रममा सोनार समुदायका बालबालिकाहरुले आ – आफ्नो प्रतिभा नृत्य, गायन लगायतका प्रस्तुतिहरु दिएको कार्यक्रम संयोजक दिपेन्द्र सोनारले जानकारी दिनुभयो । यसैविच कार्यक्रममा सोनार समुदायविच एक आपसमा मेलमिलापका साथै शुभकामना आदान प्रदान गरी दोस्रो पटक रङ्गारङ्ग होली मनाएको नेपाल सोनार समाज समितिका अध्यक्ष महेश सोनारले जानकारी दिनुभयो ।


कार्यक्रममा पुर्व उधोग तथा आफुर्ति मन्त्री संघीय संसाद शिवकुमार मण्डल , बिशिस्ट आथिती प्रदेश १ का उधोग, वन तथा पर्यटन राज्यमन्त्री बिजय बिश्वास , नेपाल वैश्य युवा संघको केन्द्रिय अध्यक्ष दिलिप चन्द साह आजिवन सदस्य दिपेन्द्र साह , गणेश कुमार साह,सल्लाहकार राजेश गुप्ता ,सचिव प्रेमनाथ गुप्ता ,पन्कज वर्मा ,गणेश कर्ण लगायतले होलीको शुभकामना मन्त्यव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्