विराटनगर विमानस्थलमा पनि कोरोना भाइरस संक्रमण जाँच गर्न हेल्थ डेस्क

विराटनगर विमानस्थलमा पनि कोरोना भाइरस संक्रमण जाँच गर्न हेल्थ डेस्क

विराटनगर । विराटनगर विमानस्थलमा कोरोना भाइरसको संक्रमण जाँच गर्न हेल्थ डेस्क रााखिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरले यात्रुहरुको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्कको स्थापना गरिएको हो ।


सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा हेल्थ डेस्क उद्घाटन गरेका थिए । हेल्थ डेस्कमा महानगरका ४ र स्वास्थ्य कार्यालय मोरङका २ गरी ६ स्वास्थ्यकर्मीलाई खटाइएको छ। ३÷३ जनाको दुई टोली बनाएर विमानस्थलबाट आउने र जाने बिरामीको स्वास्थ्य जाँचका लागि खटाइएको प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए । यस अघि विराटनगरको रानी बोर्डरमा पनि भारतबाट आएका यात्रुहरुको स्वास्थ्य चेकजाँचको लागी हेल्थ डेस्क राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्