विराटनगरमा उत्श्रृंखल गतिविधीमा संलग्न २९ र ३ सय बढी सवारी साधन नियन्त्रण

विराटनगरमा उत्श्रृंखल गतिविधीमा संलग्न २९ र ३ सय बढी सवारी साधन नियन्त्रण

विराटनगर । होली पर्वका दिन उत्श्रृंखल गतिविधीमा संलग्न २९ र ट्राफिक नियम उल्लंघन गरेका ३ सय बढी सवारी साधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।


विराटनगरमा हिजो मंगलबार होली पर्वको अवसरमा विभिन्न उत्श्रृंखल गतिविधीमा संलग्न भएका २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले होलीमा ट्राफिक नियम उल्लघंन गर्ने ३ सय ३८ मोटरसाईकल नियन्त्रणमा लिएको छ । प्रहरीले एउटै मोटरसाईकलमा ३ जना बोकेर सवारी साधन चलाएका ७८ त्यसैगरी मादक पदार्थ सेवन गरी मोटरसाइकल कुदाउने ६६ र कागजपत्र नभएका ६६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । कोरोना भाइरसको हल्लासँगै मोरङमा गत बर्षको तुलनामा कुनै पनि अप्रिय घटना नघटेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्