विराटनगरमा चिया र खाजा खान “मामाघर” ,युवामाझ लोकप्रिय बन्दै

विराटनगरमा चिया र खाजा खान “मामाघर” ,युवामाझ लोकप्रिय बन्दै

विराटनगर फाल्गुन २८ ,

विराटनगरमा रेस्टुरेन्ट व्यवसाय पछिल्लो केहि बर्षयता फस्टाएको छ । विराटनगरबासीको लागि नयाँ स्वाद र वातावरण दिनको लागि साना देखि ठुलो लगानीमा बिभिन्न रेस्टुरेन्ट खुल्ने क्रम जारीरहेको छ । "खाना प्रेमी" को लागि विराटनगरको सबै कुनामा होटेल तथा रेस्टुरेन्ट खुलेको बेला विराटनगर ट्राफिक चोकमा भने "चिया प्रेमी" युवाहरुको लागि "मामा घर" नामको रेस्टुरेन्ट संचालनमा आएको छ ।

विराटनगरका ३ युवाको लगानीमा उक्त रेस्टुरेन्ट संचालनमा आएको हो । युवाहरु निरन श्रेष्ठ , सुरज सिंह खाती र आविष्कारबहादुर श्रेष्ठको संयुक्त प्रयासमा सन्चालनमा आएको उक्त रेस्टुरेन्टको खासियत भनेको नाम पनि हो , प्राय बालबालिका तथा युवा अवस्थामा सबैको प्यारो ठाउँ भनेको आफ्नो "मामाघर" हुने गर्दछ । उक्त नामलाई नै आधार बनाएर सुरजको दिमागमा यस नामको रेस्टुरेन्ट खोल्ने सोच आएर उनले आफ्ना साथीहरुसंग मिलेर उक्त रेस्टुरेन्ट खोलेका हुन् ।

बिशेष गरेर चिया र नेवारी खानाको लागि उक्त रेस्टुरेन्ट चिनाउने सोच संचालकको रहेको छ । करिब १५ लाख रुपैयाको लगानीमा सुरु गरिएको "मामाघर" मा प्राय युवाहरु कै जमघट हुने गर्दछ । गत फाल्गुन १९ गतेबाट संचालनमा आएको "मामाघर" मा दिनहुँजसो युवाहरुको राम्रो जमघट हुने गरेको संचालक निरन श्रेष्ठ बताउछन् ।हाल रेस्टुरेन्टमा ८ जनाको समुह काम गरिरहेको छ । "मामाघर" मा आउने ग्राहकको लागि मटका चियाको कपमा आफ्नो चिनो राखेर जाने व्यवस्था समेत रहेको छ । उक्त कपमा आफ्नो नाम लेखेर सधैको लागि "मामा घर" मा आफ्नो नाम सुरक्षित गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्