विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सन कोरोना भाइरसबाट संक्रमित भएको रोयटर्सले जनाएको छ ।
उनीहरु केहीदिनदेखि बिरामी रहेको र चेकजाँचका क्रममा कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ ।
६३ वर्षको यो जोडीको अष्ट्रेलियामा चेकजाँचका क्रममा कोरोनाभाइरस रहेको पुष्टि भएको हो । त्यहाँ फिल्मको काम गरिरहेका थिए । काम गर्दा गर्दा ज्वरो आएपछि चेकजाँच गरिएको थियो ।