युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण

युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण

बीबीसी । इटालियन क्लब युभेन्ट्सका सेन्टर ब्याक डेनिएल रुगानीलाई कोरोनाको संक्रमण देखिएको छ । २५ वर्षीय डेनिएललाई कोरोनाको टेस्ट गर्दा संक्रमण देखिएको युभेन्ट्सले जनाएको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ ।

रुगानीलाई कुनै पनि क्रियाकलापमा संग्लन नहुन र अन्य खेलाडीसँग भेटघाट नगर्न हुन क्लबले निर्देशन दिएको छ । उनले युभेन्ट्सका लागि यो सिजन सिरी एका तीन खेल खेलेका छन् ।

उनले यो सिन युभेन्ट्सका लागि सबै खाले प्रतियोगितामा ७ खेल खेलेका छन् । इटालीमा हाल अप्रिल तीन सम्मका लागि सबै खाले खेलकुद गतिविधि स्थगित गरिएको छ ।

पछिल्लो तथ्याङ्क हेर्दा इटालीमा १२ हजार भन्दा बढीलाई संक्रमण देखिएको छ भने ८२७ ले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्