कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आज, पुर्वका सुमनले जित्लान त उपाधि ?

कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आज, पुर्वका सुमनले जित्लान त उपाधि ?

‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीका अनुसार ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल छन् । अपरान्ह ४ देखि ७ बजेसम्म फिनाले चल्ने छ ।

कार्यक्रममा दुईसय जना उपस्थित हुने छन् । ई–सेवाबाट तीन हजार दरका टिकट बिक्री गरिएको थियो ।

कोरोना भाइरसको प्रभावका कारण च्यासलस्थित स्टुडियो मै ग्रान्ड फिनाले गर्नुपर्ने भएकाले थोरै टिकट बिक्री गरिएको भण्डारीले जानकारी दिए ।

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्