अभिनेत्री कियारा नाइटलीले अब न्युड सिन नदिने घोषणा

अभिनेत्री कियारा नाइटलीले अब न्युड सिन नदिने घोषणा

हलिउड : फिल्म ‘अटानमेन्ट’ र ‘दी आफ्टरम्याथ’ की अभिनेत्री कियारा नाइटलीले अब न्युड सिन नदिने भएकी छन् । कियाराले कन्ट्र्याक्टमा एक नयाँ बुँदा थपेकी छन् जसमा खिचिने सबै दृश्य उनको नियन्त्रण रहनेछ । आमा बनेकाले यस्तो निर्णय लिएको उनले स्पष्टीकरण दिएकी छन् ।

कियारा दुई पटक एकेडमी अवार्डमा मनोनयनमा परेकी छन् । उनी २००६ मा ‘प्राइड एन्ड प्रिजुडाइस’ का लागि बेस्ट एक्ट्रेस इन लिडिङ रोल र २०१५ मा ‘दी इमिटेसन गेम’ का लागि बेस्ट एक्ट्रेस इन सपोर्टिङ रोल विधामा मनोनीत भएकी थिइन् । यसबाहेक तीन पटक गोल्डन ग्लोब र दुई पटक बाफ्ता अवार्डका लागि मनोनीत भएकी थिइन् ।

एक वेभसाइटलाई दिएको अन्तर्वार्तामा कियाराले भनिन्, ‘म आफ्नो शरीरबाट निकै खुसी छु । तर अब म सुटिङ युनिटको अगाडि नांगो रूपमा प्रस्तुत हुन चाहन्नँ ।’ उनका दुई सन्तान एडी र डेलिलाह छन् ।

उनले २००७ मा फिल्म इन्डस्ट्रीबाट आएको दबाबका कारण आजित भएर अभिनय छोड्ने फैसला पनि गरेकी थिइन् । यो तनावका कारण उनी मानसिक रूपमा विक्षिप्त भएकी थिइन् तर पछि सामान्य रूपमा फर्किन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्