मिस नेपालको धरान अडिसनमा ६ जना सहभागी

<span class='c1'>मिस नेपालको धरान अडिसनमा</span> <span class='c2'>६ जना सहभागी</span>

मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । ५.४ इन्च उचाईं, प्लस २ पास र १८ वर्ष काटेको अविवाहित युवतीले मात्र अडिसनमा भाग लिन पाउने नियम रहेकोले १२ जना सहभागी भएकोमा अधिकांशको उचाई कम भएकोले अडिसनमा भाग लिन पाएनन् ।

मिस नेपालको सुरुवात देखि को ट्रेनर तथा कोरियोग्राफर रचना गुरुङ शर्माको कोरियोग्राफी रहनेछ भने यो बर्ष उनलाई सह–कोरियोग्राफरको रुपमा प्रियारानी लामाले सघाउनेछन् ।

प्रत्येक वर्ष मिस नेपाल विजेताहरुलाई प्रदान गरिदै आएको पुरस्कारको रासी यो वर्षबाट बढाएर प्रति विजेता रु दुई लाख पचास हजार दिइनेछ । यो बर्षका बिजेताहरुले मिस वर्ल्ड, मिस अर्थ , मिस इन्टरनेशनल र मिस सुपर नेशनल मा नेपालको प्रतिनिधित्व गर्नेछन ।

अडिसन अघि मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत धरानको बिभिन्न कलेजहरु धरान मोडल कलेज, युएन नवोदय कलेज , केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार, धरान सिटी कलेजमा कलेज एक्टिभेशन कार्यक्रममा सहभागी भएर मिस नेपाल २०२० को प्रचार-प्रसार गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्