एन्फाको साधारण सभा स्थगित, बी डिभिजनसहित खेलकुदका सबै गतिविधि बन्द

एन्फाको साधारण सभा स्थगित, बी डिभिजनसहित खेलकुदका सबै गतिविधि बन्द

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आगामी साताका लागि निर्धारित अखिल नेपाल फुटबल संघको १९ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । नोबेल कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि एन्फाले बी डिभिजन लिगसहितका सबै खेल, गोष्ठी, सभा स्थगित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेशकुमार सिलवालको अध्यक्षतामा मङ्गलबार बसेको राखेपको बैठकले एक हप्ताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ । एन्फा महासचिब इन्द्रमान तुलाधरले एन्फाको १९ औं साधारण सभा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । एन्फाको १९ औं वार्षिक साधारणसभा चैत्त १६ गतेका लागि निर्धारण गरिएको थियो ।
एन्फाको साधारणसभामा विश्व फुटबलका सर्वोच्च निकाय(फिफा) र एशियाली फुटबल संघ(एएफसी)का प्रतिनिधि उपस्थित हुन अस्वीकार गरेपछि एन्फाको साधारणसभा तात्कालका लागि स्थगित गरिएको हो । बैठकमा बी डिभिजन लिग, प्रशिक्षण लगायतका खेलकुद गतिविधिबारे छलफल भएको थियो ।

एन्फाका अनुसार बैठकबाट एन्फा प्राविधिक केन्द्र, धरान र बुटवल लगायत सातदोबाटोस्थित एकेड्मी र एन्फा सचिबालय पनि बन्द गर्ने निर्णय भएको हो । चैत्त १२ गतेसम्मका लागि एन्फासँग सम्बन्धित सबै गतिविधि बन्द गर्ने निर्णय भएको महासचिब तुलाधरले जानकारी दिनुभयो ।
महासचिब तुलाधरले कार्यालय सम्बन्धि गतिविधि घरबाट इ मेलमार्फत् गर्न गराउन सबै संघ–संस्था, खेलाडी, रेफ्री, क्लब, जिल्ला फुटबल संघलाई आग्रह गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्