कोरोना त्रास : ‘घरमै बसेर डिजिटल प्रविधिबाट काम गरौं’

कोरोना त्रास : ‘घरमै बसेर डिजिटल प्रविधिबाट काम गरौं’

-समिन तिम्सिना 

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ुविश्वव्यापी महामारीुको सङ्ज्ञा दिएको छ। विश्वमा अहिले कोरोना भाइरस संक्रमणको सबैभन्दा डरलाग्दो संकटको सामना गरिरहेको युरोपेली मुलुकहरुमा भाइरस संक्रमण तथा फैलावट रोक्नका लागि सार्वजनिक गतिविधिमा रोक लगाइएको र मानिसहरुलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ । शिक्षण संस्थाहरु समेत केहि समयका लागि बन्द गरिएको छ र विद्यार्थीहरुका लागि घरमै बसेर अनलाइनबाट पढ्न सक्ने व्यवस्था मिलाइएको छ । कुनै पनि सरकारी कार्यलय, अस्पताल र सार्वजनिक स्थलमा सिधै प्रवेश गर्ने अवस्था छैन ।

सामान डेलिभरी गर्नेहरुले ढोका बाहिर नै सामान दिनुपर्ने र भित्र छिर्नुपर्ने ठाऊँमा विभिन्न नियमहरु पालना गरेर मात्रै छिर्र्ने व्यवस्था गरिएको छ । धेरै देशमा सपिङ मलहरू बन्द छन् । खुल्ला भएका देशमा समेत मानिसहरू सपिङ मलको भीडभाडमा गएर किनमेल गर्न डराउन थालेका छन् । यस्तो परिस्थितिमा मानिसहरूको किनमेलका लागि अनलाइन सपिङमा आकर्सण बढिरहेको छ अन्लाईन सपिङ अकाउन्ट खोल्ने को सख्या पनि बढिरहेको छ । अमेजनले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीसँग ग्राहकहरूको मागमा उल्लेखनीय वृद्धि भएको छ । जसका कारण कम्पनीको श्रमिक आवश्यकता यो समय अहिलेसम्मकै उच्च रहेको छ ।’ नयाँ कर्मचारी थप गर्ने सगै अप्रिल महिनाभरका लागि गोदाम तथा वितरण सञ्जालहरूमा अतिरिक्त समय काम गर्ने कामदारहरूलाई भुक्तानी गर्न थप ३५ करोड डलर लगानी गर्न लागेको पनि अमेजनले जनाएको छ । अमेजनले यस समयमा अतिरिक्त काम गर्नेलाई न्यूनतम १५ डलर प्रतिघण्टाको ज्यालामा थप दुई डलर प्रदान गर्नेछ । कोरोनाभाइरसले संसारभरका धेरैलाई आफ्नो दैनिक जीवनको कामका साथै स्कूलदेखि मनोरन्जनमा पुनर्विचार गर्न बाध्य पारेको छ । सैक्षिक संस्था तथा ब्यबसायमा डिजिटल रूपान्तरण गर्न अपरिहार्य भएको छ । महामारिमा पनि सैक्षिक संस्था तथा ब्यबसाय सामान्य रुपमा चलाउन बिभिन्न प्र्यास भएका छन ।

घरबाटै काम 

ट्वीटरले आफ्ना कर्मचारीहरूलाई कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन घरैबाट काम गर्न निर्देशन दिएको छ। ट्वीटरले संसारभरिका आफ्ना ५ हजार कर्मचारीलाई पनि कार्यालय नआई काम गर्न प्रोत्साहन गरेको बताएको छ। ट्वीटरको मानवसंशाधन विभागका प्रमुख जेनिफर क्रिस्टीले भनिन्, ुहाम्रो लक्ष्य हाम्रो वरपर र हामीवरपरको विश्वमा कोभिड(१९ फैलिने सम्भावना कम गर्नु हो।ु उक्त ब्लगमा ट्वीटरले केही समययता घरबाट काम गर्ने तरिका विकास गरिरहेको पनि बताइएको छस् ुहाम्रो लागि यो ठूलो परिवर्तन भए पनि हामी कार्यशक्तिलाई विकेन्द्रीकृत गर्ने कार्य गरिरहेका छौँ। त्यसमा घरबाटै काम गर्ने कुरा पनि छ। हामी विश्वव्यापी सेवा हौँ र हामी संसारका कुनैपनि ठाउँबाट ट्विटरका लागि काम गर्न सक्ने अवस्था बनाउन प्रतिबद्ध छौँ।

गुगलको माउ कम्पनी अल्फाबेटले पनि आफ्ना उत्तर अमेरिकी कामदारलाई घरबाटै काम गर्न भनेको छ । कोरोना भाइरसको जोखिम कम गर्न अल्फाबेटले यस्तो निर्णय गरेको हो । कम्पनीले कामदारलाई एक सूचना पठाएर घरमै बसी काम गर्न भनेको थियो । अमेरिका र क्यानाडा गरी गुगलका ११ कार्यालयमा करिब १ लाख कामदार काम गर्छन् । अब यो कम्पनीले यो सूचना सबैलाई पठाएको हो ।


समान्यतया, कर्मचारीहरुलाई कार्यलयले भीपीएन नामक निजी नेटवर्क ट्र्याक गर्ने सिस्टम बनाएको हुन्छ । यो सिस्टमले कार्यालय बाहिरबाट रिमोट वर्करका लागि कार्यालयको नेटवर्कको पहुँच बनाईदिने काम गर्दछ । कार्यालयले दिएको राउटरमा मात्र उपलब्ध हुने यो सुविधा कार्यालयले नै दिएको वा प्रमाणित गरेको कम्पूटरमा मात्र जोड्न सकिन्छ जसबाट कार्यालयको पुरै नेटवर्क घरमा स्थापित हुन्छ । जोखिम र संवेदनशिलको साथै यस्ता काम गर्नेहरु कार्यालयको निगरानीमा हुने भएको कारण पुरै कार्यालय समयभर सम्पर्कमै रहनुपर्ने हुन्छ। साथै त्चभििय, क्पथउभ, क्बिअप, न्ययनभि म्यअक, श्ययm जस्ता रिमोट टुल्स हरु पनि प्रयोग गर्न सकिन्छ।

रिमोट लर्निंङ 

चीनमा कोरोना भाइरस एनसीपीको प्रतिरोध गर्न माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्म अर्थात् अनलाइन शिक्षा प्रणाली फेब्रअरी १७ तारिखदेखि संचालनमा आएको छ। जसले समस्त चीनका माध्यमिक तथा प्राथमिक विद्यालयका करिब १८ करोड विद्यार्थीलाई घरमै बसेर पढ्नका लागि निशुल्क सेवा प्रदान गरेको छ।
माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्म चिनियाँ शिक्षा मन्त्रालयले राष्ट्र, सम्बन्धित प्रान्त, शहर र विद्यालयको गुणस्तरीय शिक्षा स्रोत मिलाएर निर्माण गरेको हो। पढाईलाई पछि सार्ने अवधिमा माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्म र चिनियाँ शिक्षा टेलिभिजनको एयर क्लास ग्रुप संचालनमा आएको छ। जसले निशुल्क रुपमा चीनका विभिन्न ठाउँहरुमा सेवा प्रदान गरेको छ। सो मञ्चमा भएका स्रोतहरु कोरोना भाइरस एनसीपीको प्रतिरोध सम्बन्धी ज्ञान, विशेष शिक्षा सम्बन्धी स्रोत, डिजिटल पाठ्यपुस्तक सम्बन्धी स्रोत र प्राथमिक विद्यालयबाट उच्च माध्यमिक विद्यालयसम्म सम्पूर्ण विषयको पढाई स्रोत समावेश छन्। माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्ममा कोरोना भाइरस महामारीको प्रतिरोध सम्बन्धी शिक्षा, नैतिक चरित्र सम्बन्धी शिक्षा, विशेष विषय सम्बन्धी शिक्षा, पाठ्यक्रमको पढाई, इलेक्ट्रोनिक शिक्षण सामग्री र चलचित्र तथा टेलिभिजन सम्बन्धी शिक्षा लगायत ६ किसिमको पढाई स्रोत समावेश छन्। त्यसमध्येको पाठ्यक्रमको पढाई हालका वर्षहरुदेखि समस्त चीनमा बनाइएका पाठ्यक्रमको स्रोतमध्ये उत्कृष्ट पाठ्यक्रम छनौट गरिएर सम्बन्धित मांग अनुसार पैचिङ लगायत ठाउँहरुका दक्ष शिक्षक(शिक्षिकाले अनलाइन पाठ्यक्रम बनाएका हुन्। यी पाठ्यक्रमहरु क्रमशस् अनलाइनमा राखिने छ। पहिलो सातामा १६९ वटा पाठ्यक्रमहरू राखिएका छन्। यिनीहरुमा चिनियाँ भाषा, गणित, अंग्रेजी भाषा, जीव विज्ञान, नैतिकता तथा कानूनी प्रणाली, इतिहास, भूगोल, शारीरिक शिक्षा, संगीत र कला लगायत विषयहरु समावेश छन्। प्राप्त जानकारी अनुसार, धेरै विद्यालयहरुले अनलाइन कक्षाको साथमा विच्याट अथवा एप लगायत तरिकामार्फत पढाई समूहको गठन गरेका छन्। जसबाट शिक्षक(शिक्षिकाहरुले पढाई समूहमा विद्यार्थीहरुको प्रश्नको जवाफ दिनुका साथै पढाई समूहका विद्यार्थीहरु बीच पनि समयमै सम्पर्क गर्नसकिन्छ।

भर्चुअल बैठक

कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली सहयोग संगठन ९सार्क० सार्कका राष्ट्र तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स भएको थियो ।भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावमा सार्क राष्ट्रका सरकार प्रमुखले कोरोना भाइरसको महामारीप्रति चिन्ता देखाउँदै त्यसलाई साझा शत्रुका रुपमा पराजित गर्नुपर्ने साझा संकल्प जनाएका छन्।
कोरोना भाइरसको क्रासका कारण एप्पलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स रद्द गरेको छ । जुनमा आयोजना हुने उक्त कन्फ्रेन्स अनलाइनमार्फत मात्रै हुने कम्पनीले जनाएको छ । “वर्तमान स्वास्थ्य स्थितिका कारण हामीले गर्ने वार्षिक सम्मेलनको शैली बदल्नुपर्ने आवश्यकता देखिएको छ।” एप्पलको विज्ञप्तीमा भनिएको छ । साथै ईयू नेताहरूले मंगलवार कोरोनाभाइरस भिडियो सम्मेलन गरेर बाहिरी सीमाना बन्द गर्न सहमति जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्