कोरोना प्रभाव : लोकसेवा आयोगको पनि परीक्षा स्थगन

<span class='c1'>कोरोना प्रभाव : लोकसेवा</span> <span class='c2'>आयोगको पनि परीक्षा स्थगन</span>

काठमाडौँ, चैत ६ गते । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगन गरेको छ । “कोभिड–१९ ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी हाललाई यही चैत ८ देखि चैत मसान्तसम्म आयोगद्वारा सञ्चालन हुने गरी पूर्वनिर्धारित निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थानतर्फ लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ”, शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्