विराटनगर चैत ६,
मलाई सेनिटाइजर के हो ज्ञान थिएन । २ वर्ष अगाडि म काठमाण्डौमा रहँदा मेरो एक जना साथीले खाजा खाने समयमा उनको झोलाबाट सानो बट्टा निकाल्दै एक थोपा तरल पदार्थ हातमा राखेर हात मिच्न थालिन् र मलार्ई पनि उनले त्यो तरल पदार्थ हातमा दल्न दिईन । मैले उनले जस्तै एक थोपा तरल पदार्थले हात मसाज गरे, त्यो बेलासम्म मैले के लगाइरहेकी छु अत्तोपत्तो थिएन । मलाई सोध्न पनि अप्ठयारो लाग्यो, तर मेरा जिज्ञासु अनुहारबाटै उनले थाहा पाइन् क्यारे आफैँले जवाफ दिईन् । उनले भनिन् काठमाण्डौमा पानिको अभाव त्यसमा पनि हामी हिँडिरहनेलाई यो सेनिटाइजरले पानीको काम गर्छ ।
तिमि पनि बोक्ने गर उनले मलाई त्यही बेला सल्लाह दिन भ्याएकी थिइन् । मैले उनको भनाई अनुसार नै सेनिटाइजर झोलामा बोक्न थालेकी थिएँ । म प्रायः आजभोली पनि बोक्ने गर्दछु । सेनिटाइजरको कुरा आइरहँदा कोरोना भाइरसको संक्रमणको चौतर्फि हल्लासँगै विराटनगरको कुनै पनि औषधी पसलमा सेनेटाइजर भेटिदैन । अर्थात चरम अभाव छ ।
विराटनगरस्थित क्याम्पस रोडमा भेटिएका युवा नेता कुसेश्वर राजवंशीलाई सेनिटाइजरको बारेमा कुरा गरिरहँदा सेनिटाइजर के हो भन्ने थाहा नभएको जावफ दिए । उनले कोरोना भाइरस ९कोभिड– १९० संक्रमणको हल्लासँगै सामाजिक संजाल फेसबुकमा समचार पढेर थाहा पाएको सुनाए । त्यस्तै विराटनगर भानु टोलकी ५५ वर्षिया शारदा देवी यादवले सेनिटाइजरको नाम पनि सुनेकी छैनन् । उनले भनिन् ‘हामीलाई कसले भन्छ र थाहा पाउने रु हाम्रो पालामा त यस्तो थिएन ।’
त्यस्तै भानुटोलकै होटल व्यवसायी ३२ वर्षिया नन्दि राई ९ओली० लाई पनि सेनिटाइजर के हो ज्ञान नभएको बतउँछिन् । भने कयौँ अस्पतालमा सेनिटाइजरको अभाव छ, चरम अभाव भएसँगै कोशी अस्पतालले गत शुक्रबार विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अस्पतालका लागि सेनिटाइजर उत्पादन गरेको छ ।
अस्पतालको प्रशासन भवनको भित्तामा हात नधोइ भित्र पस्न नपाइने कार्ड समेत टाँसिएको छ । कोशी अस्पतालको प्रशासन भवन अगाडि नै धारा भए पनि पर्याप्त साबुन भने देखिदैन । एक टुक्रा लाइफवोइ साबुनले नै सेवाग्राहीले काम चलाएका छन् । आइतबार कोशी अस्पतालका मेसु डा। संगिता मिश्रसँग सेनेटाइजर अभाव र उत्पादनका विषयमा प्रश्न गर्दा उनले भनिन्, ‘अस्पतालमा पैसा अभावसँगै सेनिटाइजरको चरम अभाव र मूल्य महंगोे पर्ने भएकाले अस्पतालले सेनेटाइजर आफै उत्पादन गरिरहेका छ ।’
सरकारको मातहतमा रहेको अस्पताले आर्थिक अभाव बेहोरिरहेको छ भने, जो खेती किसान र मजदुरी गरेर पेट पाल्ने आम जनता सेनिटाइजर प्रयोग गर्न सक्लान त रु दैनिक उपभोग गर्ने २५ एमएल को डेटोल हेण्ड सेनिटाइजरलाई भारतीय मूल्य ४२ रुपैंया पर्छ भने नेपाली ७५ रुपैँयामा व्यापारीहरुले बिक्री गर्ने गर्दछन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हेण्ड सेनिटाइजरमा ८० प्रतिशत अलकोहलको मात्रा तोकिएकोे भए पनि डेटोल हेण्ड सेनिटाइजरमा ७२।३४ प्रतिशत मात्रै अलकोहलको मात्रा रहेको पाइन्छ ।
मोरङमा आधाभन्दा बढी जनसंख्या कृषि ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् भने कतिपयले त पानीले मात्रै हात पखाल्न पनि समय नपाइरहेका अवस्था छ । त्यसमा पनि मोरङको हिसाबमा भन्ने हो भने यहाँका ९५ प्रतिशत जनतालाई सेनिटाइजर के हो भन्ने थाहा नै छैन ।
कोशी अस्पातल जस्तै अन्य अस्पतालले सेनिटाइजरको चरम अभाव बेहोरीरहेको अवस्थामा अस्पताल परिसरका प्रत्येक औषधी व्यवसायीहरुको मुखबाट सेनिटाइजरको चरम अभाव रहेको भन्ने गुनासो मात्रै सिनिन्छ । हामी माझ कसैले पनि सेनिटाइजर प्रयोग गर्दैनौ अब भन्नुहोस् औषधी पसलमा रहेका हेण्ड सेनिटाइजर कहाँ गयो र कसले प्रयोग गरिरहेका छन् ?
सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले आयोजना गरेको आपूर्ती अवस्थामा के कस्तो परिस्थिति छन् ? भन्ने अन्तरक्रिया कार्यक्रममा औषधी विभाग निमित्त प्रमुख संजिव कट्टेलको भनाई अनुसार कोरोना भाइरस संक्रमणको हल्लासँगै होलसेल पसलमा अनुगनम गर्ने क्रममा मास्क र सेनिटाइजरको एक महिनासम्मको विल माग्न आग्रह गर्दा १५र२० दिन अगावै सर्जिकल मास्क र सेनिटाइजर सकिएको भन्ने भनाई आएको थियो । जुन समय सेनिनटाइजरको महत्व र अर्थ विराटनगरबासी आम नागरिकलाई ज्ञान पनि नभएको अवस्था थियो ।
त्यसो त महामारी कै कुरा गर्ने हो भने आज भन्दा १० वर्ष अगाडि जाजरकोट जिल्लामा फैलिएको झाडापखालाले करिव चार सय स्थानीयको ज्यान गएको थियो । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार चीनले बेहोरेको कोरोना प्रकोपबाट विश्वभर संक्रमित भएका मानसिको संख्या १ लाख ६८ हजारमाथि नाघेको छ, भने चीनमा मात्र ३१ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।
उद्योग बाणिज्य तथा आपूती राज्यमन्त्री मोती दुगडले सोमबार एक अन्तरक्रिया कार्यक्रममा भने, ‘नेपाल सरकार अलिकति ढिलो जाग्छ, तयारी प्रकोप आइसकेपछि मात्र सुरु गरिन्छ भन्ने सुनिन्छ ।’ भगवान पशुतीनथको कृपाले एक जना पनि संक्रमित फेला नपरेको र यसमा भगवानको भूमिका रहेको मन्त्री दुगडले बताए । तर मन्त्री जी ०७२ सालको विनासकारी भूकम्प विना सूचना नै आएर भगवान पशुपतीनाथको काखबाट हजारौँको संख्यामा घर उजाडेको थियो, भने हजारौको संख्यामा मानिसले ज्यान गुमाएका थिए । कम्तिमा कोरोना भाइरस संक्रमण त सूचना प्रवाहसँगै फैलिरहेको छ । अब जवाफ दिनुहोस् मन्त्री जी के हामी पशुपतीनाथको भरोसामा बस्ने या कालोबजारी रोक्ने ?