एन्जु शिवाकोटी
विराटनगर । नोबेल कोरोना भाइरस (कोभिड १९) हाल विश्वभर महामारीको रुपमा फैलिरहेको छ । नेपाल पनि कोरोना भाइरसको जोखिममा छ । नेपाल सरकारले जोखिमबाट बच्न सतर्कता अपनाउन पहल गरिरहेको छ ।
त्यसै गरी प्रदेश १ सरकारले पनि कोरोना भाइरसको जोखिनबाट बच्न २५ जना भन्दा बढी भेला न हुने निर्णय गरेको छ । चिकित्सकहरुले भिडभाडमा न जान, माक्सको प्रयोग गर्न, नियमित रुपमा साबुन पानि तथा ह्याण्डवासको प्रयोग गरेर हात धुन सल्लाह सुझाव दिदै आइरहेका छन् ।
तर दिनरात ज्याला मजदूरी गरेर पेट पालिरहेका अधिकांश मजदूरहरुमा यी सल्लाह सुझाव लागु हुन सक्ला त ? विहानको झिसमिसे देखि सुरु भएको काम आधा रात सम्म गर्दा पनि दुई छाक खाना खाएर पेट पाल्न हम्मे हम्मे पर्ने परिवारको बारेमा हाम्रो सरकार के भन्छ त ? कसरी सुरक्षा अपनाउन सक्कलान त ?
दिनभर भारी बोकेर होस् या त खेतको काम गरेर होस् आधा पेट खाना खाएर आफ्नो सन्तानको पेट मुस्किलले पालिरहेका अधिकांश मजदूरहरुको दैनिकी धुलो धुवाँ र फोहोरबाट गुजरी रहेको हुन्छ । भनेको बेलामा चामल किन्ने पैसा नहुने परिवारले साबुनको नियमित प्रयोग गर्न सक्लान त ?पसिना पुछ्न नभ्याउने हातहरुले सरसफाइलाई ध्यान दिन सक्लान त ?
विगतका दिनलाई हेर्ने हो भनी पनि प्रत्येक बर्ष हुने महामारीमा मर्नेहरुको संख्यामा गरिब परिवारका नै रहेका छन् । भनिन्छ उनीहरुमा अशिक्षा छ, चेतनाको अभावका कारण गरिबहरु महामारीको चपेटामा पर्ने गर्दछन् । तर यो सोचिदैन किन उनिहरुमा चेतना हुन सकेन ?
हालको अवस्थामा कोरोना भाइरसको त्रासमा छ विश्व । नेपाल पनि त्यसबाट त्रसित छ । हालसम्म नेपालमा कसैलाई देखा परेको अवस्था भने छैन । तर सतर्कता अपनाउन भन आवश्य छ । हाम्रो जस्तो गरिब देशले सतर्कताको लागि पूर्व तयारी के नै गर्न सक्ला र । एक महामारीले गरेर अन्य समस्या समेत झेल्नु पर्ने अवस्था छ । यो बिकराल अवस्थाको समाधान तपाई हामीबाट हुन किन सक्दैन ? हामी आफै पनि एक समस्याको समाधान गर्नुको सट्टा अन्य समस्या खडा गरेर सरकारलाई मात्र किन दोष थोपर्ने काम गर्छै ?
आज विश्वले सामान गर्नु परिरहेको कोरोना भाइरसको महामारीबाट बच्न कसरी सकिन्छ सबैले सोच्न जरुरी छ । एक अर्कामा फूटेर हैन जुटेर सतर्कता अपनाउँ र आफू बाँचौ अनी अरुलाई पनि बचाउ ।