वीरगन्जका व्यापारीलाई कोरोना संक्रमण नदेखिएको दोस्रो चरणको परिक्षण रिपोर्ट

वीरगन्जका व्यापारीलाई कोरोना संक्रमण नदेखिएको दोस्रो चरणको परिक्षण रिपोर्ट

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा संक्रमण नदेखिएको दोस्रो रिपोर्टमार्फत पुष्टि भएको छ ।

यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालका चिकित्सकले जानकारी गराएको छ ।

यसैबीच, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पनि वीरगञ्जका व्यापारी शिवकुमार रुगंटामा कोरोना संक्रमणको पुष्टि हुन नसकेको बताउनुभएको थियो ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार राति ९ : ३० बजे रुगंटाको परिवारलाई दिएको दोस्रो नमूना परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्