नेपालमा हालसम्म ६ सय १० जनाको नमुना परीक्षण गर्दा दुई जनाको मात्रै पोजेटिभ

नेपालमा हालसम्म ६ सय १० जनाको नमुना परीक्षण गर्दा दुई जनाको मात्रै पोजेटिभ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुले सम्भावित कोरोनाको  नमुना परीक्षणका लागि काठमाडौं आउनु नपर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सम्भावित संक्रमितलाई अस्पतालले सिफारिस (रिफर) नगरी आइसोलेसनमा राखेर कोरोना भाइरस परीक्षणका लागि नमुना मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताए ।

उनले हालसम्म ६ सय १० जनाको नमुना परीक्षण गर्दा दुई जनाको पोजेटिभ देखिएकामा एक जना उपचारपछि फर्किएको र अर्का एक जनाको टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

हाल उक्त अस्पतालमा १६ जना संक्रमित भएको आशंकामा रहेकामध्ये पाँचजना आइसोलेसन र १० जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रवक्ता डा.देवकोटाले सम्भावित संक्रमणको परीक्षणको दायरालाई बढाउँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल र वीर अस्पतलामा चाँडै नै नमुना परीक्षणको प्रबन्ध गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्