१२ जेष्ठ २०७७, सोमबार

नेपालमा अर्को एकजनामा कोरोना संक्रमण, पाँचौं संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएको देवकोटाले बताए । उनकाे अवस्था सामान्य रहेकाे पनि देवकोटाले बताए । ती युवती बागलुङकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-24

Country Confirmed Death
Nepal6033
India1385364024
China840954638
Malaysia7245115
Qatar4371423
Australia7114102
US164324697720
Saudi Arabia72560390