लक डाउन (हिँडडु गर्न प्रतिबन्ध ) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय

लक डाउन (हिँडडु गर्न प्रतिबन्ध ) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय

काठमाडौं, चैत १६ गते । मन्त्रिपरिषद्ले देशमा कोरना भाइरस संक्रण नियन्त्रणका लागि यस अघिको लक डाउन (हिँडडु गर्न प्रतिबन्ध ) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।
सरकारले गत सोमबार चैत्र ११ गते मंगलबार विहान ६.०० बजे देखि १८ गते मंगबार विहान ६.०० बजेसम्मका लागि एक हप्तासम्म आम नागरिकलाई घरमा नै बस्न आदेश जारी गरेको थियो ।
पहिलो पटक घर मै बस्न आदेश जारी भएका बेला देशभरमा जम्मा दुई जनामा मात्र कोरोना संक्रमण भएको पाइएको थियो तर अहिले शनिवारसम्म सो संख्या बढेर पाँच पुगिसकेको छ ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्