भारतलाई विश्वकप जिताएका जोगिन्दर अहिले महामारीमा पुलिसमा डिएसपीको रुपमा खटिदै

भारतलाई विश्वकप जिताएका जोगिन्दर अहिले महामारीमा पुलिसमा डिएसपीको रुपमा खटिदै

एजेन्सी । सन् २००७ को टी-ट्वान्टी विश्वकपको फाइनलमा भारत र पाकिस्तान भिड्दै थियो । जितको लागि पाकिस्तानलाई अन्तिम ४ बलमा ६ रन आवश्यक रहेको थियो ।

९ विकेट गुमाएर खेलिरहेको पाकिस्तानको हातमा ट्रफी लगभग परिसकेको थियो । तर, भारतको लागि सुपरहिरोको रुपमा जोगिन्दर शर्मा अघि आए । हारिसकेको खेलमा उनले भारतलाई उपाधि दिलाए ।

उनै जोगिन्दर अहिले विश्वभर महामारीको रुपमा फैलदै गरेको कोरोना भाईरसको त्रासको बीच लकडाउनमा प्रहरीसँगै खटिएका छन् । जोगिन्दर हरियाणा पुलिसमा डिएसपी हुन् ।

यस्तो मुश्किल अवस्थामा उनको कार्य देखेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले समेत सम्मान व्यक्त गरेको छ ।

'२००७ मा टी-ट्वान्टी विश्वकपका हिरो र २०२० मा दुनियाका हिरो,' आईसीसीले जोगिन्दरको तारिफ गर्दै लेखेको छ, 'क्रिकेट करियरपछि भारतका जोगिन्दर पुलिसको रुपमा विश्वव्यापी स्वास्थ्य संकटको माझ काम गरिरहेका छन् ।'

यस अघि जोगिन्दरले आफु हरियाणा पुलिसमा डिएसपी रहेको र यो समय फरक तरिकाको चुनौती सामना गरिरहेको ट्वीट लेखेका थिए ।

यस्तै जोगिन्दरले आफ्नो काम बिहान ६ बजे सुरु हुने र मानिसलाई कर्फ्युको पालना गर्न तथा चिकित्सा सुविधा उपलब्ध गराउनु रहेको बताएका थिए ।

जोगिन्दरले इन्स्टाग्राममा समेत भिडियो अपलोड गर्दै सर्वसाधरणलाई घरमा बस्न आग्रह गरका थिए ।

भारतमा कोरोना भाइरसको कारण एक हजार भन्दा बढी ब्यक्ति संक्रमित भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्