नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला

नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला

चन्द्रप्रकाश शर्मा
काठमाडौं, चैत २० गते । नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला रहेको थाहा भएको छ ।

ति महिला यस अघि चैत ४ गते कतार एयरको उडान नं क्यू आर ६५२बाटै नेपाल आएको र यस अघि संक्रमण फेला परेकी बाग्लुङको युवतीसँगै यात्रा गरेको पुष्टि भएको छ ।

उहाँले बेल्जियममा रहेका आफन्तलाई भेटगरी फर्कनु भएको र ती युवतीसँगै प्लेन चडेर पोखरा हुँदै बाग्लुङ पुग्नु भएको थियो । निजमा महिलामा अहिलेसम्म पनि कुनैै लक्षण नदेखिएको भए पनि उहाँलाई अहिले बाग्लुङ अस्पतालमा ल्याउने तयारी भएको यसबारे छलफल भई रहेको धवलागिरी अञ्चल अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो । निजको घर अस्पतालबाट ५ मिनेटको दुरीमा रहेको पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्