भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०९ पुग्यो

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०९ पुग्यो

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सय नाघेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान कोरोना भाइरसको नयाँ तथ्यांक जारी गर्दै मृत्यु हुनेको संख्या सय नाघेको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमा मृत्यु हुनेको संख्या एक सय नौ पुगेको जनाएको छ । बीबीसीका अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार हजार ६७ पुगेको छ ।

जसमध्ये ३६ सय ६६ जनाको उपचार भइरहेको छ भने दुई सय ९१ जना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्