कोरोना : बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य समस्या , आइसियुमा भर्ना

कोरोना : बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य समस्या , आइसियुमा भर्ना

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए ।

स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

नियमित जाँचका क्रममा स्वास्थस्थिति थप गम्भीर भएपछि उनलाई सोही अस्पतालको सघन उपचारकक्षमा सारिएको छ ।

प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङका अनुसार प्रधानमन्त्री जोन्सन यही आइतबार साँझदेखि अस्पताल भर्ना भएका थिए ।  विस्तारै स्वास्थ्य अवस्था बिग्रँदै गएपछि निकै गम्भीर स्थिति हुँदा उपचारमा संलग्न चिकित्सकको टोलीको सल्लाह र निगरानीमा थिए । सोमबार दिउँसोदेखि उनलाई सघन उपचारकक्षमा सारिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्