जापानमा पनि कोरोनाको त्रास : सातवटा राज्यमा आपतकाल घोषणा

जापानमा पनि कोरोनाको त्रास : सातवटा राज्यमा आपतकाल घोषणा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले सातवटा राज्यमा आपतकाल घोषणा गरेका छन् । जापानको राजधानी टोकियो, पोर्ट सिटी ओसाकासहितका अन्य पाँचवटा राज्यमा आपतकाल घोषणा गरेका हुन् ।

यी सातवटा राज्यमा बुधबारदेखि आपतकाल लागु हुने र अप्रिल अन्तिमसम्म लागु हुने बताइएको छ ।

यी राज्यहरुका सम्पूर्ण विद्यालय र व्यापार व्यवसायहरु बन्द गरेका छन् । तर, अधिकारीहरुलाई नागरिकलाई घरभित्रै बस्‍न बाध्य पार्ने कानुनी हस्तक्षेप गर्न नसक्‍नेसमेत बताइएको छ ।

केही चिकित्सा विज्ञहरुले यी राज्यमा आपतकाल धेरै अघि घोषणा गर्नुपर्नेमा ढिलो भइसकेको बताएका छन् । - बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्