अपडेट : पछिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु

अपडेट : पछिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको छ । (अघिल्लो २४ घण्टामा ५ हजार २२० जनाको मृत्यु भएको थियो ।)
यो सँगै कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ८१ हजार ९९५ पुगेको छ ।

सबैभन्दा धेरै गत २४ घण्टामा अमेरिकामा १ हजार ९४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने फ्रान्समा १ हजार ४१७ जनाको ज्यान गएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७०४, इटलीमा ६०४ जनाको मृत्यु भएको छ । बेलाययतमा ७८६ जनाको गत २० घण्टामा ज्यान गएको छ ।

यस्तै गत २४ घण्टामा ८० हजार ५७३ जना नयाँ संक्रमित थपिएका छन् । (अघिल्लो २४ घण्टामा ७२ हजार ८२५ कोरोनाका नयाँ संक्रमित थपिएका थिए ।)

सबैभन्दा धेरै अमेरिकामा २९ हजार ४१२, फ्रान्समा ११ हजार ५९, स्पेनमा ५ हजार २६७ तथा इटलीमा ३ हजार ३९ जना नयाँ संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्