कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार

<span class='c1'>कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या</span> <span class='c2'>करिब साढे ८८ हजार</span>

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार पुगेको छ । बिहीबार बिहान ६ बजेसम्म कोरोनाबाट ८८ हजार ४०३ जनाको ज्यान गइसकेको छ ।

सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ । फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेको छ ।

अहिले कोरोनाबाट १० लाख ४५ हजार १६३ संक्रमित रहेकोमा ४८ हजार ७८ को अवस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख ११ हजार ३७५ जनामा देखिइसकेको छ ।

नेपालमा अहिलेसम्म ९ जनाको कोरोनाको संक्रमण देखिएकोमा एक जना उपचारपछि स्वस्थ्य भइसकेका छन् । बाँकी ८ जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म २ हजार ३६६ नमुना परीक्षण गरिएको छ भने अहिले आइसोलेसनमा १३४, क्यारेन्टाइनमा ८ हजार ५८० जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार रेडजोनमा १७५ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्