सरकार निर्णयबाट पछि हट्यो, काठमाडौंबाट बाहिर जान दिने निर्णय फिर्ता

सरकार निर्णयबाट पछि हट्यो, काठमाडौंबाट बाहिर जान दिने निर्णय फिर्ता

काठमाडौं । भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेहरुलाई जान दिने विषयमा गरेको निर्णयबाट सरकार पछि हटेको छ ।

सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो । बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

उच्चस्तरी समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले यस विषयमा बैठकमा केही सदस्यहरुले कुरा उठेको भए पनि आधिकारिक निष्कर्षमा पुगेर निर्णय भइनसकेको बताए ।- बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्