फिफाको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत्

<span class='c1'>फिफाको नयाँ वरियताअनुसार नेपाल</span> <span class='c2'>१७०औँ स्थानमा रहँदै यथावत्</span>

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो ।

गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ ।

नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ ।

भुटान १८९औँ स्थानमा छ भने बङ्गलादेश १८७औँ स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्