क‍ोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन खतरामुक्त

क‍ोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन खतरामुक्त

कोराेना संक्रमणपछि १४ दिनसम्म आइसोलेशनमा राख्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पताल भर्ना गरिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन खतरामुक्त भएका छन् ।

कोरोना भाइरसका कारण उच्च ज्वरो आएसँगै स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाइ आइईसीयूमा राखेर उपचार गरिएका थियाे । ५ दिनको उपचारपछि भने उनकाे स्वास्थ्यमा सुधार भएको बीबीसीले जनाएको छ । हाल उनलाई आईसीयूबाट बाहिर निकालिएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि उनलाई अझै केही दिन अस्पतालमै राखेर थप उपचार गरिने बताइएको छ ।

५ मार्चमा अस्पताल भर्ना भएका प्रधानमन्त्री जोन्सनलाई ६ मार्चमा आईसीयूमा राखिएको थियो । सेन्ट थोमस अस्पतालमा उनको उपचार भइरहेका प्रधानमन्त्री जोन्सन दुई साता अघिबाट कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्