कोरोनाको कारण विश्वभर ५० करोड मानिसलाई गरिबीमा पुर्याउने -संयुक्त राष्ट्रसंघ

कोरोनाको कारण विश्वभर ५० करोड मानिसलाई गरिबीमा पुर्याउने -संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण विश्वभर गरिबीको संख्या निक्कै बढ्ने प्रक्षेपण गरेको छ ।

राष्ट्रसंघको एक अध्ययनले कोरोनाका कारण खस्कँदो अर्थतन्त्रबाट विश्वभर ५० करोड मानिसलाई गरिबीमा पुर्याउने देखाएको हो ।

पछिल्लो ३० वर्षयता उक्त दरमा गरिबी बढ्ने यो पहिलो पटक हुने विश्लेषण गरिएको छ ।

किङस कलेज लण्डन र अस्ट्रेलियन नेसनल युनिभर्सिटीको प्रतिवेदनमा कोरोनाको संकट सकिँदा विश्वभर ४ सयदेखि ६ सय मिलियन मानिस गरिबीमा धकेलिने उल्लेख गरिएको छ ।

यसको प्रत्यक्ष प्रभाव संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यमा समेत पर्नेछ ।

यसअघि संयुक्त राष्ट्रसंघले २०३० सम्म दीगो विकास लक्ष्य प्राप्त गरी विश्वबाट गरिबी उन्मुलन गर्ने बताएको थियो । अब यो लक्ष्य पूरा हुन कठिन रहेको अर्थविदहरुले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्