अमेरिकामा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै,एकैदिन २ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै,एकैदिन २ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) महामारीको नयाँ केन्द्र बनेको संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । शुक्रबार अमेरिकामा एकैदिन हालसम्मकै सर्वाधिक २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण १८ हजार ७१९ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये पछिल्लो २४ घण्टा (शुक्रबार) मात्र २ हजार ३७ जनाको मृत्यु कोरोनाका कारण भएको हो । साथै २७ हजार २३९ जना भने पूर्ण रूपमा निकाे समेत भइसकेका छन् ।

वर्ल्डोमिटर्सका अनुसार यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कुल संक्रमित ५ लाख २ हजार ४९ पुगेको छ । जसमध्ये ३३ हजार ४८३ जना नयाँ संक्रमित शुक्रबार मात्र फेला परेका हुन् ।

बिहीबार अमेरिकामा एकैदिन काेराेनाबाट मर्नेकाे संख्या १९ सय थियाे । पछिल्ला तीन दिनमा लगातार प्रतिदिन १९ सयमा काेराेनाबाट मृत्यु हुँदै अाएकाे थियाे । तर शुक्रबार याे संख्या बढेर २ हजार नाघेकाे हाे । बिहीबार पनि नयाँ संक्रमितको संख्या ३३ हजार ५३६ ले बढेको थियाे ।

काेराेनाका कारण अमेरकामा सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै ७ हजार ८४४ काे मृत्यु भएकाे छ । त्यहाँ शुक्रबार मात्र ७७७ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमित संख्या पनि अमेरिकाभरिकै सर्वाधिक बढी १ लाख ७२ हजार ३५८ पुगेकाे छ ।

त्यसपछि बढी मृत्यु र संक्रमित हुने राज्य न्यूजर्सी रहेकाे छ । त्यहाँ अहिलेसम्म ५४ हजार ५८८ काेराेना संक्रमित भेटिएकाेमा १ हजार ९३२ काे मृत्यु भइसकेकाे छ । अर्काे मिचिगन राज्यमा २२ हजार ७८३ काेराेनाका बिरामी भेटिएका छन् भने १ हजार २८१ काे मृत्यु भइसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्