लकडाउन हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने विश्व स्वास्थ्य संगठनको चेतावनी

<span class='c1'>लकडाउन हटाइयो भने मृतकको संख्या तीब्र रुपमा</span> <span class='c2'>वृद्धि हुने विश्व स्वास्थ्य संगठनको चेतावनी</span>

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भएको बताए ।

युरोपमा कोरोनाभाइरसको महामारीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ । यी देशले प्रतिबन्धमा थोरै ढिलाई गरेका थिए । यद्यपि, यहाँ लकडाउन अहिले पनि जारी छ । संसारभरी कोरोनाभाइरसको  कूल १६ लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् भने एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

जेनेभाको एक पत्रकार सम्मलेनमा टेड्रोसले भने, ‘हामी संसारभरीको सरकारसँग मिलेर लकडाउनको प्रतिबन्धलाई कम गर्ने रणनीतिमाथि काम गरिरहेका छौं । यसमा हतार गरिनु हुँदैन । हतार गरेर लकडाउन हटाउँदा संसारभरी मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्