विराटनगरमा कुन बेला साँझ पर्छ र कसैले खाना दिन्छ भनेर कुरेर बस्छन् कामदार

विराटनगरमा कुन बेला साँझ पर्छ र कसैले खाना दिन्छ भनेर कुरेर बस्छन् कामदार

विराटनगर । कुन बेला साँझ पर्छ भन्दै बाटो कुरेर बसेका वेवारिसे कामदारहरु मध्येका ४१ वर्षिय अशोक शरदार दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने गरेको बताउछन् । उनी दुहवी पूर्व हाथीमुढाका हुन् ।

उनी दैनिक ज्यालादारीका साथै आफ्ना पाको भइसकेका बुवा र आमाको जिम्मेवारी पुरा गर्नका लागि दुहवी देखि विराटनगर आएको सुनाए । जब लकडाउनको घोषणा भयो उनको सोहि दिनबाट सडकमा नै दैनिकी वतिरहेको छ । कति दिनसम्म भोकई सडकमा दिन वित्यो जब भाईहरुले भात लिएर आए पहिलो पटक खाना खाँदा अब चाहिं बाँच्छु भन्ने आश पलायो अशोकले भने ।उनले थपे मलाई त कोरोना थहा थिएन, लकडाउन पनि थाहा थिएन तर भात खुवाउने भाईहरुले भने पछि बल्ल थाहा भयो ।
उनी जस्तै अशोक जस्तै भरतविक्रम घर नगएको पनि वर्षौ भएको बताउछन् । उनको सडकमा नै रात काट्छन् । भेटे अनुसारको सबै काम गर्छन जहाँ जे भेट्यो त्यही पेट भर्छन् । उनको घरमा बा आमा जिउदो छन् या छैनन त्यो पनि पत्तो नभएको बताउछन् ।

उनी भन्छन् बजार बन्द भए पछि भोकै मरिन्छ भन्ने लागेको थियो जब बिहान र बेलुका भाईहरुले भात खुवाउछन् सडकमा नै भए पनि आनन्दले निदाउन सकेको छु होइन भने मरिसक्ने थिए होला ।
अशोक र भरतविक्रम जस्ता सयौं पात्र छन् जो सडकमा नै काम गर्छन सडकलाई नै न्यानो ओछयान बनाउनेहरु यो समय मूलुक लकडाउनको अवस्थामा गुजरी रहेको छ ।

भने दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि दैनिकी भने कष्टकर बन्दै गइरहेको अवस्थामा युवा समाजिक अभियन्ताहरुको समूहले बिहान र बेलुकाका सडकमा बस्ने मानिसहरुलाई खाना खुवाईरहेका छन् ।
सडकमा नै जीवन व्यतित गर्ने कोहि पनि मानिस भोकै नरहोस भन्ने उद्देश्यले साँझको खाना खुवाउन सुरु गरेको आठौं दिन भएको कृशल आले मगरले बताए । सात जनाको युवाहरु मिलेर सडकमा बसेर ज्याला मजदुरी गर्नेहरुका लागि साँझको खाना खुवाउने गरेका छन् ।

उनीहरु कलेजमा अध्ययनरत विद्यार्थीहरु हुन् । कृशल आले मगरको नेतृत्वमा रोनिश लामा, विवेक श्रेष्ठ, मनोज घिमिरे, सनिश गोपाली, बिशान्त श्रेष्ठ लगायतका युवाहरुको सकृयतामा साँझको खाना खुवाउदै आईरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्