वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिए, सबै भारतीय नागरिक

वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिए, सबै भारतीय नागरिक

काठमाडौं । वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै अब कोरोना संक्रमितको संख्या १२ पुगेको छ । हेटौडाको किटजन्य अनुसन्धान केन्द्रमा उनीहरुको परीक्षण भएको थियो ।

त्यहाँ रिपोर्ट अस्पष्ट भएपछि पुनः टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो । वीरगन्जको छपकैयास्थित जामे मस्जितमा बस्दै आएका उनीहरु आफैं स्वास्थ्य परीक्षण गराउन जाँदा शुक्रबारदेखि नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

तीमध्ये दुई जना उत्तर प्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका उनीहरु लकडाउनका कारण नेपालमा नै रोकिएका थिए ।

उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । नेपालभित्र काेराेना संक्रमित हुनेकाे संख्या १२ पुगेकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्